+977-1-4261569
Government of Nepal
Ministry of Agriculture, Land Management and Cooperatives
Department of Livestock Services
Directorate of Animal Health
Tripureswor, Kathmandu, Nepal
English || Nepali
Dr. Vijay Chandra Jha
Director General
Dr.Pooja Sharma
Information Officer
बर्ड फ्लु लगायतका रोगबाट बच्न तथा बचाउन निम्नानुसारका जैविक सुरक्षाका उपायहरु अपनाऔं
20 May 2018 03:07 PM

बर्ड फ्लु लगायतका रोगबाट बच्न तथा बचाउन निम्नानुसारका जैविक सुरक्षाका उपायहरु अपनाऔं
 आफुले पालेका पशुपन्छीलाई खुला रुपमा नछोडी थुनेर मात्र पालौं ।
 घरपालुवा पशुपन्छीलाई जंगली जनावरको सम्पर्कमा आउन नदिऊँ ।
 नदी, कुलो तथा खोलामा मरेका पशुपन्छी लगायतका संक्रमित वस्तुहरु नफालौं ।
 पशुपन्छीको दाना पानी दिने भाँडा नियमित रुपमा सफा गरौं ।
 पशुपन्छीहरुलाई राखेको फार्म लगायतका पन्छीहरुलाई एकै ठाउँमा वा खोरमा मिसाएर नराखी छुट्टाएर राखौंर पालौं ।
 बजारमा विक्री वितरणको लागि लगिएको पशुपन्छीहरु भरसक हाटबजारबाट फिर्ता नल्याऔं, ल्याउनै पर्ने भएमा केही दिनको लागि अन्य पशुपन्छीको सम्पर्कबाट टाढा राखौं ।
 आफुले पालेका पशुपन्छीहरु एक्कासी धेरै संख्यामा बिरामी परेमा वा मरेमा तुरुन्त नजिकको पशु सेवाको निकायमा जानकारी गराऔं ।
 पशुपन्छी खरिद गर्दा श्रोत यकिन गरी मात्र खरिद गरौं । खरिद गरी ल्याइएका पशुपन्छीलाई आफुसंग रहेका पशुपन्छीहरुसंग नमिसाई कम्तिमा पनि ७ दिन छुट्टै स्थानमा राखौं ।
 पंक्षीपालन गरिएको क्षेत्र नजिक जंगली पन्छीहरु आकर्षित हुने वातावरण नबनाऔं ।
 पशुपन्छीपालन गरिएको गोठ तथा खोरहरुमा बाहिरका मानिसहरुलाई अनावश्यक आवत जावत गर्न नदेऔं ।
 पन्छीहरुलाई दाना पनी दिने भाँडाकुडा, सुली आदि चिजहरु नाङ्गो हातले नछोऔं, यसो गरेमा तुरुन्त साबुन पानीले राम्रोसंग हात खुट्टा धुने गरौं ।
 पन्छी राख्ने खोर नियमीत रुपमा सफा गरी चुना, भिरकोन आदिले निःसंक्रमण गर्ने गरौं ।
 प्रयोग भइसकेका अण्डा राख्ने क्रेटबाट रोग सर्न सक्ने हुँदा यसको पुनः प्रयोग नगरौं ।
 कुखुराको खोरबाट निस्केको सुली तथा अन्य वस्तु जथाभावि नफाली खाल्डोमा राखी तह लगाऔं ।
 रोगबाट बच्न व्यक्तिगत सरसफाइमा विषेश ध्यान दिऔं ।